CG Electronics
IME Life
Ncell NPL

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोेप्रति नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ति जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हाल केही महिनाका लागि मर्मत सम्भारका नाममा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सेवा १० घण्टा घटे लगत्तै त्यसको असर स्वरुप अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति ट्रेड युनियन काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले हवाई टिकट मूल्य वृद्धिका कारण ठुलो आर्थिक मार खेप्नु परेको जनाएको हो ।
दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नेपाली युवाहरु आफ्नो भविष्यको खोजीमा अधिकांश खाडिमुलुक तथा पूर्वी एसियाका देशहरुमा रोजगारीमा जाने युवाहरुले चर्को मूल्य भुक्तानी गरी बाध्यतापूर्वक यात्रा गर्नु परिरहेकोप्रति ध्यानाकर्षण भएको महासचिव राईले जनाएका छन् ।
‘एकातिर चर्को मूल्य भुक्तानी गर्नुपर्ने र अर्कोतर्फ सस्तोको खोजीमा छिमेकी मुलुक भारत, बंङ्गलादेशबाट हवाई टिकटको व्यवस्थापन गर्दा आफूहरु ठगिएको समेत गुनासो उनीहरुको छ । छिमेकी मुलकबाट यात्रा गर्दा हवाई भाडा नेपालको तुलनामा आधाजसो कम रहेको समेत पाइएको छ । जसबाट राज्यको ठूलो धनराशी बाहिरिएको छ,’विज्ञप्तिमा भनिएको छ ।
‘यस विषयमा ट्राभल कम्पनीहरुलाई नियमन गर्ने अधिकार नेपाल नागरिक उड्यन प्राधिकरण र सरोकारवाला मन्त्रालयको हो । सरोकारवाला उडान गर्ने सम्बन्धित वायुसेवा कम्पनीहरुलाई यस विषयमा सम्बन्धित निकायबाट सचेत गराईएको भएतापनि नतिजा शून्य रहेको छ, र त्यसको प्रत्यक्ष मार श्रमिकहरुले भोगीरहनु परेको विषयप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको महासचिव
राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै महासंघले हवाई भाडा वृद्धिका कारण नेपाल आउने पर्यटक आगमन घटेको र सो क्षेत्रमा काम गर्ने श्रमिकहरुको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव परेकोले अन्तर्राष्ट्रिय हवाई टिकट वृद्धि गर्न नहुने जनाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सरोकारवाला सबै पक्षहरुलाई समस्याको समाधान निकाल्न समेत जोडदार माग गरेको छ ।
बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...