CG Electronics
Ncell NPL
NIMB

संचालकको सेयर विक्री प्रतिबन्ध अव्यवहारिक : बीमा व्यवसायी संघ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा रहेको सेयर कम्पनीमा पदबाट राजीनामा दिएपछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थालाई अव्यवहारिक भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संचालकले पदमा बहाल रहँदा वा अवकास पाएको एक वर्षसम्म सेयर खरिद–बिक्री गर्न नपाउने प्रावधानले व्यवसायको सहज प्रवाहमा बाधा पुर्याउने संघको भनाइ छ ।

संघद्वारा जारी विज्ञप्तिमा संचालकहरु पनि कम्पनीका अन्य सेयरधनी सरह लगानीकर्ता नै भएको र साधारणसभाबाट निर्वाचित भई उनीहरुको प्रतिनिधित्व गरेकै आधारमा सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अन्यायपूर्ण रहेको उल्लेख छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यस्तो व्यवस्थाले न केवल व्यवसायिक विविधीकरणमा अवरोध गर्दछ, बरु संचालकको व्यक्तिगत वित्तीय स्वार्थमा पनि ठुलो असर पुर्याउँछ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्लले संघका पदाधिकारी टोलीसँग धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेट्दै यस प्रावधानलाई यथाशीघ्र सच्याउन आग्रह गरेका छन्। संघले संचालकले आफ्नो पदमा रहँदा ५० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

संघले सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले वैदेशिक लगानीमा समेत प्रतिकूल प्रभाव पार्ने उल्लेख गरेको छ । अध्यक्ष मल्लका अनुसार कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने अवस्था सिर्जना गर्दा व्यवसाय विस्तार, उद्यमशीलता र घरायसी आवश्यकता पूर्तिमा कठिनाइ उत्पन्न हुनेछ ।

संघले धितोपत्र बोर्डलाई तत्काल यस व्यवस्थालाई संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

 

 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३१

  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि...