Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए ।

आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने दृष्टिकोणबाट सुरु हुने गरेको बताएका हुन् ।

‘हाम्रा व्यापार र आर्थिक गतिविधिसँग सम्बन्धित ऐन कानुन बनाउने प्रक्रियाले नै सेवाग्राहीलाई चोर ठहर्याउने सोच प्रस्तुत गरेको छ,’चौधरीले भने,‘कानुनलाई चुकुल लगायने दृष्टिकोणले ऐन निर्माण गरिन्छ । यसको असर सिङ्गो अर्थतन्त्रमा पर्छ । अहिलेको अवस्थामा बैंकहरूको हालत हेर्नुस्, पैसा थुप्रिएको छ तर कोही लिन चाहँदैन ।’

सांसद चौधरीले कानुनमा ‘सामान्य’भनेर परिभाषित गरिएका विषयवस्तुहरूमाथि पनि प्रश्न उठाएका छन् ।

‘कानुनमा ‘सामान्य’ शब्द प्रयोग गरिएको कुरा कसरी व्याख्या गर्ने ? कुनै व्यक्तिलाई ऋण चाहिएको छैन भने ऋण दिनेले कानुनमा ‘सामान्य’ शब्दको आधारमा त्यसलाई ठुलो समस्या बनाइदिन सक्छ । अनि, त्यसरी नै ठुलो समस्यालाई सामान्य भन्दै आफ्नो स्वार्थमा उपयोग गर्न सक्छ । यही नै समस्या हो,’चौधरीले भने ।

 

 

 

 

 

 

 

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...