Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

संचालकको सेयर विक्री प्रतिबन्ध अव्यवहारिक : बीमा व्यवसायी संघ

 

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा रहेको सेयर कम्पनीमा पदबाट राजीनामा दिएपछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थालाई अव्यवहारिक भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संचालकले पदमा बहाल रहँदा वा अवकास पाएको एक वर्षसम्म सेयर खरिद–बिक्री गर्न नपाउने प्रावधानले व्यवसायको सहज प्रवाहमा बाधा पुर्याउने संघको भनाइ छ ।

संघद्वारा जारी विज्ञप्तिमा संचालकहरु पनि कम्पनीका अन्य सेयरधनी सरह लगानीकर्ता नै भएको र साधारणसभाबाट निर्वाचित भई उनीहरुको प्रतिनिधित्व गरेकै आधारमा सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अन्यायपूर्ण रहेको उल्लेख छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यस्तो व्यवस्थाले न केवल व्यवसायिक विविधीकरणमा अवरोध गर्दछ, बरु संचालकको व्यक्तिगत वित्तीय स्वार्थमा पनि ठुलो असर पुर्याउँछ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्लले संघका पदाधिकारी टोलीसँग धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेट्दै यस प्रावधानलाई यथाशीघ्र सच्याउन आग्रह गरेका छन्। संघले संचालकले आफ्नो पदमा रहँदा ५० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

संघले सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले वैदेशिक लगानीमा समेत प्रतिकूल प्रभाव पार्ने उल्लेख गरेको छ । अध्यक्ष मल्लका अनुसार कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने अवस्था सिर्जना गर्दा व्यवसाय विस्तार, उद्यमशीलता र घरायसी आवश्यकता पूर्तिमा कठिनाइ उत्पन्न हुनेछ ।

संघले धितोपत्र बोर्डलाई तत्काल यस व्यवस्थालाई संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

 

 

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...