फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट
Tuesday Dec 24, 2024
वि.सं.२०८१ पुस ९ मंगलवार ०९:३२
काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निः शुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
यस अभियानको अवधि पौष २९, २०८१ सम्म हुनेछ। लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
अभियानको विवरण :
• अभियानको नाम : नेट सेट गो!
• अभियान अवधि : पौष २९, २०८१ सम्म
• योग्यता: मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुहोस्।
• पुरस्कार : ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
कसरी सहभागी हुने ?
फोनपेको अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ! सहभागी हुनका लागि यी सरल चरणहरू पालना गर्नुहोस् :
1. मोबाइल बैङ्किङ एप खोल्नुहोस् : फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
2. फोनपे बिल्स चयन गर्नुहोस् : एपमा “भुक्तानी” वा “बिल भुक्तानी” सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
3. इन्टरनेट बिल चयन गर्नुहोस् : “इन्टरनेट” ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
4. बिल विवरण प्रविष्ट गर्नुहोस् : आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्।
5. ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस्: लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल
फोनपे बिल्स मार्फत तिर्नुहोस्।
6. भुक्तानी पुष्टि गर्नुहोस् : सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।
फोनपे बिल्स मार्फत इन्टरनेट बिल भुक्तानी गर्ने फाइदाहरू :
1. सहजता : फोनपे ले तपाईंको इन्टरनेट बिल भुक्तानी गर्दा लामो लाइनको झन्झट बिना छिटो र सहज प्रक्रिया प्रदान गर्दछ।
2. छिटो र सरल : फोनपे ले तपाईंको भुक्तानीलाई छिटो र सजिलो बनाउँछ, जसले तपाईंको समय बचत गर्छ।
3. सुरक्षित लेनदेन : फोनपे ले उच्च सुरक्षा प्रोटोकलहरूको प्रयोग गरी तपाईंको व्यक्तिगत र भुक्तानी जानकारीको सुरक्षा सुनिश्चित गर्दछ।
























