CG Electronics
IME Life
Ncell NPL

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०।०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९।०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। त्यस्तै, आगामी आ।व। २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।

सभाले कम्पनीको चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूंजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ।

यसैगरी, सभाले बोनस सेयर वितरण गरेपछि पूंजी वृद्धि हुने प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अधिकार प्रदान गरेको छ।

 

शिवम् सिमेन्ट्स लिमिटेडले वार्षिक साधारण सभामार्फत शेयरधनीलाई वितरण गरिने लाभांशसहित कम्पनीको वार्षिक प्रगति र भावी योजनाहरू प्रस्तुत गर्दै कम्पनीको दिगो विकास र वित्तीय स्थितिमा निरन्तर सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...