CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this Elica : CG Electronics 5

सुनरा के५ मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं। इटालिया मोटरवर्क्स प्रा. लि. ले सुनरा इलेक्ट्रिक स्कुटरको प्रदर्शन र विशेषताहरू मिडियाका प्रतिनिधिहरूलाई प्रत्यक्ष देखाउन मिडिया टेस्ट राइड इभेन्ट आयोजना गरेको छ। यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

सहभागीहरूले सुनरा K5 को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरेका थिए।

सुनरा K5 मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुन्छ र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा K5 को एमआरपी रु. १,८९,९०० राखिएको छ।

इटालिया मोटरवर्क्सले सुनरा K5 सँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो-एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ८० किलोमिटर प्रति घण्टाको टप स्पीड उपलब्ध छ। यसको एमआरपी रु. ३,७९,९०० रहेको छ भने रु. ६०,००० छुट सहित यो अहिले रु. ३,१९,९०० मा उपलब्ध छ।

ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको एमआरपी रु. ३,१७,९०० रहेको छ भने रु. ५८,००० छुट सहित यसलाई रु. २,५९,९०० मा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण रु. २,३६,९०० को एमआरपीमा रु. ३७,००० छुट सहित रु. १,९९,९०० मा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ६५ किलोमिटर प्रति घण्टाको स्पीड प्रदान गर्दछ।

इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याउँदै ग्राहकहरूलाई सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ। कम्पनीको सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले भने, “सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएका छन्। यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ।”

अधिक जानकारीका लागि इटालिया मोटरवर्क्सको शोरुममा भ्रमण गर्नुहोस् वा ९८०१२३९९३६ मा सम्पर्क गर्नुहोस्। यसैगरी, ईमेल मार्फत nabraj.ghimire@belelli.com.np मा पनि जानकारी लिन सकिनेछ।

 

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६० ग्रोथ समिट सम्पन्न

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६०...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:५६

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...

तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब–क्लस्टर विजेता

तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न, दाङ सब–क्लस्टर...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:३८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको ‘तेस्रो सांग्रिला...

उच्च प्रदर्शन र आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

उच्च प्रदर्शन र आधुनिक सुविधासहित Godrej Visi...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:३०

काठमाडौं, नेपाल । व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक...

राजधानीमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ हुँदै

राजधानीमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो–...

वि.सं.२०८३ जेठ ४ सोमवार १३:४३

  काठमाडौंमा । नेपाल हस्तकला महासंघको आयोजनामा यही जेठ जेठ...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...