NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ई.एमएएस ५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकता मध्यनजर गर्दै तयार गरिएको हो । विश्वका अग्रणी मोटर वाहन समूहहरूमध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा विकसित यस सवारीमा विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्मार्ट प्रविधि, सहज सञ्चालन तथा भरपर्दो कार्यसम्पादनका माध्यमबाट यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल प्रोटोन ई.एमएएस—५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्डमा ’इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई.एमएएस—५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका अनुसार प्रोटोन ई.एमएएस—५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ । जिलीको उन्नत विद्युतीय सवारी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजनमा विकसित यो पुरस्कार–विजेता सवारीले नेपाली ग्राहकलाई नवीन प्रविधि, व्यवहारिकता, सुरक्षा तथा उत्कृष्ट मूल्य–प्रतिफल प्रदान गर्ने कम्पनीको विश्वास छ ।

विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ स्मार्ट डिजाइन, विश्वस्तरमा प्रमाणित प्रविधि तथा उत्कृष्ट
मूल्य–प्रतिफलसहित छिट्टै नेपाली बजारमा सार्वजनिक हुँदैछ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...