CG Electronics
IME Life
Ncell NPL

हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ ।

हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहार संकलन र व्यवस्थापनको कार्य स्थगित गरिएको जनाएको छ ।

उपमहानगरपालिकाले फोहार नउठाउने सूचना जारी गरेसँगै फोहोर संकलन र व्यवस्थापनको जिम्मा पाएको ग्रीन एण्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन बन्द गरेको हो ।

हेटौंडाका मुख्य बजार क्षेत्रका सबै वडाहरु र ग्रामीण भेगका जनघनत्व बढी भएका वडाहरुबाट गरी दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने गरेको थियो ।

फोहोर संकलन बन्द गरिएसँगै घरभित्रै र सडकमा फोहोर थुप्रिएर वातावरण दूर्गन्धित हुने खतरा छ । हेटौंडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौंडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।

फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलाशमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरीम आदेश जारी गरेकी हुन् ।

‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।

उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलोपटक फोहोर फाल्न रोक लगाइएको हो ।

ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर संकलनको काम हाललाई आदेशबमोजिम स्थगित गरिएको बताए ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...