CG Electronics
IME Life
NIMB

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको महत्व बुझाउन इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सरकार एकदुई करोडका लागि गरिब नभएको भन्दै यसवर्ष इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न प्रस्ताव गर्नुपर्ने बताए ।

उनले भने, ‘इन्टरनेशनल हुलाक टिकट फेस्टिबल वा एउटा सेमिनार यसपाली गरौं । यसमा के के गर्नुपर्छ प्रस्ताव लिएर आउनुहोला । बजेट कति लाग्छ गरौंला । सरकार एकदुई करोडका लागि गरिब छैन् । सरकार भावना र मनको मात्र गरिब होला । यसपटक यसको आयोजना गरौं ।’

यसको साथै उनले अहिले धेरै प्रविधिहरुको विकास भइरहेकाले हुलाक पछाडि परेको भन्दै हुलाकलाई प्रचार गर्ने काममा मन्त्रालय सँधै सकरात्मक रहेको बताए ।

उनले भने, ‘आइटी वा धेरै प्रविधिहरुको विकास भयो । त्यसको प्रचारमा पनि हुलाक पछाडि परेको होला । तर हुलाकलाई पनि प्रचार गरेर अगाडि लानुपर्छ । यो काममा मन्त्रालय सधैँ सकारात्मक छ । यही बेला केही न केही गर्न सक्नुपर्छ अनि मात्र यसको विकास हुन्छ र यसमा मन्त्रालय सधैँ साथमा छ ।’

हराउँदै गएको परम्परालाई भावी पुस्ताका लागि संरक्षण, प्रवद्र्धन, प्रचार गर्नुपर्ने पनि उनको भनाई छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...