CG Electronics
IME Life
Ncell NPL

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशी भन्दा र स्वदेशी चलचित्र चल्ने बताएका छन् ।
शनिबार ८ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उद्योग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

उनले थप्दै भने, ‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन । एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ । आशाको संचार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ ।’

उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उद्योगीहरू अघि बढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए ।

उनले चलचित्रकर्मीहरू साँघुरो मानसिकता भन्दा माथि उठेर विश्वव्यापीकरणको रूपमा सोच राख्नुपर्ने भन्दै स्वदेशमा लगानी गर्न आउने उद्योगीहरूलाई सहज वातावरण बनाउनुपर्ने बताए ।

चलचित्र र अरू वस्तुहरू अरूले उपयोग गर्ने भएकाले त्यसको सहकार्य विश्व जगतसँग गर्नसक्ने खुला सोच राख्नुपर्नेमा उनले जोड दिए ।

‘अहिले नेपाली चलचित्र बाहिर खिच्ने अभ्यास रहेको र मुलुक प्राकृतिक क्षेत्रहरू धेरै रहेका छन् । पर्यटन क्षेत्रमा उचाई बढ्ने छ,’ उनले भने ।

मन्त्री पाण्डे चलचित्रबाट देशभक्तिको गाथा उजागर गर्ने गरि राज्यले समेत सोच्नु पर्ने बताए । उनले निरासा र नकरात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलचित्र क्षेत्र अघि बढ्नु पर्ने बताए ।

राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देश समेत चलचित्रले दिने कुरामा चलचित्रले यथोचित सम्बोधन गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...