CG Electronics
IME Life
NIMB

महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रको विकास असम्भव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । खानेपानीमन्त्री प्रदिप यादवले महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास सम्भव नभएको बताएका छन् ।

सोमबार ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्वः चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठी कार्यक्रममा उनले महिलाहरु कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी रहेको भन्दै महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सम्भव नभएको बताए ।

उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि महत्वपूर्ण छ र चुनौतीपूर्ण पनि छ । वर्तमान समयमा महिलाको नेतृत्व तहलाई प्रवद्र्धन गर्न सरकार र समुदायले अनेक प्रयासहरु गरिरहेको छ ।

आजको गोष्ठीको उद्देश्य पनि त्यही नै हो र महिलाहरु कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी छ । महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौ र सम्भव पनि छैन् ।’

यसको साथै, उनले आजको गोष्ठीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘आजको गोष्ठीको केही न केही परिणाम आउनु पर्छ । गोष्ठी धेरै हुन्छ, कार्यान्वयन कम हुन्छ । भाषण गरियो, बलियो, सुनियो सक्यो ।

वास्तवमा कुनै पनि गोष्ठीको दिर्घकालिन योजना हुनुपर्छ । त्यो योजना अनुसार आजको गोष्ठीले जुन निर्णय गर्छ, त्यो निर्णय कार्यान्वयन पनि हुन्छ भन्ने मैले विश्वास लिएको छु र त्यो निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट जे सहयोग गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु ।’

उनले देशको आधा हिस्सा ओगटेको महिलाहरुको भूमिका घर व्यवस्थापनदेखि समाज रुपान्तरणसम्म एकदमै महत्वपूर्ण रहेको भएपनि महिलाहरु उपभोक्ता संस्थाहरूमा नेतृत्वदाही भूमिकामा कम देखिनु दुखद कुरा रहेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘खानेपानी र सरसफाइको क्षेत्रमा महलिाको भूमिका धेरै महत्वपूर्ण हुन्छ किनभने घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाईको अभ्यास गर्ने प्रमुख जिम्मेवारी प्राय महिलाहरुको नै काँधमा नै हुने गर्दछ ।

देशको आधा हिस्सा ओगटेको महिलाहरुको भूमिका खानेपानी र सरसफाई प्रणालीको प्रत्यक्ष उपभोक्ता मात्र होईन घर व्यवस्थापनदेखि समाज रुपान्तरणसम्म एकदमै महत्वपूर्ण छ । तर महिलाहरु उपभोक्ता संस्थाहरूमा नेतृत्वदाही भूमिकामा कम देखिन्छन् ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...