CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गर्नु भएको हो । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८२ को अग्रीम शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताउनु भयो । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गर्नुभयो ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...