CG Electronics
IME Life
NIMB

कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले देशभर विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। “Protect Your Money, Secure Your Future” भन्ने नारालाई आत्मसात् गर्दै, बैंकले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो।

वर्तमान समयमा डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, ग्लोबलाइजेसनको प्रभाव तथा केन्द्रीय बैंकका नयाँ नीतिहरूको प्रभावका कारण वित्तीय निर्णय लिन अझ जटिल बन्दै गएको छ। विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी प्रदान गरी सचेत र जिम्मेवार वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस अभियान अन्तर्गत सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ। कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न मद्दत गर्ने अपेक्षा गरेको छ।

बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विगत २३ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको कुमारी बैंकले आफ्ना ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गरिरहेको छ। आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा उपलब्ध गराउने लक्ष्यसहित बैंकले निरन्तर वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...