CG Electronics
IME Life
NIMB

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै, कोशी करिडोर ट्रान्समिसन लाईनको उद्घाटन हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै, कोशी करिडोर ट्रान्समिसन लाईनको उद्घाटन हुन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका छन्। मन्त्री खट्टर मंगलबार विहान नेपाल आइपुग्ने समय तालिका रहेको छ ।
संखुवासभामा निर्माण सम्पन्न भएको कोशी करिडोर प्रसारण लाइनको ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संखुवासभामा रहेको बसन्तपुर- बानेश्वर–तुम्लिङटार र ढुङ्गेसाँघु २२० केभीका चारवटा सबस्टेशन र तीन वटा ट्रान्समिशन प्रसारण लाइनको संयुक्त उद्घाटन हुँदैछ ।
कोशी करिडोर अन्तर्गत बानेश्वर बसन्तपुर ३३ किलोमिटर प्रशारण लाइन, बसन्तपुर-ढुङ्गे साँघु ३४ किलोमिटर र बसन्तपुर देखि इनरुवासम्म ७४ किलोमिटर प्रशारणलाईन निर्माण भएको छ ।
सन् २०१६ बाट शुरु भएको आयोजनामा भारत सरकारको सहुलियतपूर्ण ९० मिलियन अमेरिकी डलर ऋण र नेपाल सरकारको २२ मिलियन अमेरिकी डलर गरी ११२ मिलियन अमेरिकी डलर लगानीमा निर्माण सम्पन्न भएको हो ।
यी आयोजनाले कोशी करिडोर प्रसारण लाइनमार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब १,००० मेगावाट, र बसन्तपुरदेखि इनरुवा खण्डमा करिब २,००० मेगावाट विद्युत् प्रवाह गर्न सकिने क्षमता रहेको छ। अरुण र तमोर नदी तथा तिनका सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न कोशी करिडोरको विकास गरिएको हो।
यो आयोजना पूर्वी नेपालमा विद्युत् आपूर्तिको भरपर्दो आधार बनेको छ भने भारतसँगको ऊर्जा व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने छ।

फाइलःफोटो समावेश छ ।

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...