CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा १८ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा स्थापना भएको सिटिजन्स बैंकले हालसम्म १८ लाख ७९ हजार ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

हाल देशभर २०० शाखामार्फत सेवा दिइरहेको बैंकको निक्षेप रकम चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब २ अर्ब पुगेको छ भने कर्जातर्फ १ खर्ब ७३ अर्ब परिचालन भएको छ। सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले देशभर पहुँच विस्तार गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले आज बिहानै सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसमा करिब ९२१ कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरताका लागि जनचेतना फैलाउने अपेक्षा लिइएको बैंकले जनाएको छ।

त्यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “रक्तदान नै जीवनदान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलको सहकार्यमा सातवटै प्रदेशका ३३ शाखाबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ। यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’ स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ। अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै रू ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन्।

वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ तथा अमेरिकी डलर (USD) दुबैमा खाता खोल्न सक्ने छन्। यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ।

त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ। साथै, पहिलो वर्षका लागि OPD सेवामा रू ५,००० सहित रू २५,००० सम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ।

१८ वर्षे यात्रामा ग्राहकहरुको साथ र विश्वासप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ नवीनतम प्रविधिसहित सहज, द्रुत र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...