CG Electronics
IME Life
NIMB

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, दिन भर अनुगमनमा व्यस्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाउनु भएको छ । संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उहाँले छिटो सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ ।

मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दहालले आईतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गर्नु भयो । उहाँ सहित मन्त्रालयको टोलीले ग्वार्को तथा थानकोटमा निर्माणाधिन फ्लाईओभर र नागढुंगा सुरुङ्को निरीक्षण गरेको हो ।

मन्त्री दाहालको निरीक्षण क्रम बिहान ग्वार्को फ्लाईओभरबाट शुरु भई नागढुंगा सुरुङ सम्म पुगेको थियो । ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताउनुभयो । निर्माण पूरा भए लगत्तै त्यहिबाट सवारी साधन सञ्चालन शुरु हुने समेत उहाँले जनाउनु भएको कछ । सो योजना पूरा हुन निर्धारित समय भन्दा ढिला भई सकेको उल्लेख गर्दै यसै महिना भित्र पूरा गरि सवारी साधन सञ्चालन हुने अवस्थामा पु¥याउन निर्देशन दिनुभयो ।

ग्वार्को फ्लाईओभरको निरीक्षण पछि मन्त्री दाहालले काठमाडौ प्रवेश गर्ने प्रमुखद्वार मध्येको थानकोट पुग्नु भयो । त्यहाँ उहाँले निर्माणाधिन फ्लाईओभरको निरीक्षण गर्नुभयो । त्यस क्रममा उहाँले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास गर्नुभयो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भई रहेको छ ।

त्यस लगत्तै यस्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण गर्नु भयो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ्युगमा प्रवेश गर्ने बताउनुभयो । सुरुङ्को समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ् सञ्चालनको मोडालिटी निर्माण भई रहेको छ । सोहि मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गरिने बताउनुभयो ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...