CG Electronics
IME Life
NIMB

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको क्रममा हुन सक्ने अप्रत्याशित घटनाहरू वा क्षतिहरूका लागि वित्तीय सुरक्षा र सहयोग प्रदान गर्दछ । यसले नीति (पोलिसी) मा निर्भर रहेर विस्तृत दायराका मुद्दाहरूलाई समेटेको हुन्छ । नीति (पोलिसी) मा धेरै कुराहरु समावेश गरिएका हुन्छन् ।

जस्तै :

  • यात्रा रद्द गर्नु पर्दाको अवस्था– यात्राका क्रममा कभर गरिएका कारणहरूले गर्दा (जस्तै, बिरामी, चोटपटक, परिवारमा मृत्यु) रद्द गर्न पाइन्छ ।
  • आपतकालीन चिकित्सा – विशेष गरी अन्तर्राष्ट्रिय यात्रा गर्दा महत्वपूर्ण आपतकालीन चिकित्सा आवश्यक पर्न सक्छ यस्तो अवस्थामा उपचारका लागि यात्रा बीमा अति महत्वपूर्ण हुन्छ ।
  • आपतकालीन निकासी – गम्भीर बिरामी वा चोटपटकको अवस्थामा नजिकको अस्पताल वा घर फिर्ता आपतकालीन यातायातसँग सम्बन्धित लागत ।
  • हराएको वा ढिलाइ भएको सामान – एयरलाइनद्वारा हराएको, वा ढिलाइ भएको सामानको लागि क्षतिपूर्ति ।
  • यात्रा ढिलाइ – मौसम, मेकानिकल समस्याहरू, वा अन्य कभर गरिएका कारणहरूले गर्दा ढिलाइको कारणले हुने खर्चको लागि प्रतिपूर्ति ।
  • दुर्घटना, मृत्यु वा विच्छेदन – यात्रा गर्दा मृत्यु वा गम्भीर चोटपटकको घटनामा भुक्तानी गर्नु पर्ने अवस्था आएमा यात्रा बीमाले सहजता प्रदान गर्छ ।

यो प्राय : अन्तर्राष्ट्रिय यात्रामा सिफारिस गरिन्छ, विशेष गरी फिर्ता नहुने खर्चहरू समावेश गरिएका अवस्थाहरुमा यसको महत्व बढी हुन्छ ।

यहाँ केही प्रत्यक्ष घटनालाई समावेश गर्नु सान्दर्भिक हुन्छ । केही महिना अघि कलाकार नितेश जंग कुँवर आफ्नो सांगितिक कार्यक्रमका लागि अष्ट्रेलिया जाँदै थिए । ट्रान्जिटमा उनको पासपोर्ट हरायो । नेपाल फर्केर नयाँ पासपोर्ट लिनुको विकल्प थिएन । उनी नेपाल फर्किए र नयाँ पासपोर्ट लिए । तर यो बीचमा उनले पाएको दुःख कल्पना पनि गर्न सकिन्न होला । यस्तै आपत् तपाईहरुलाई पनि पर्न सक्छ । सोच्नुहोस् त पासपोर्ट, लगेज हरायो वा यात्रा गर्दा स्वास्थ्यमा केही समस्या आए के गर्ने ? बीमा कम्पनीले तपाईहरुको पासपोर्ट खोजिदिने काम गर्दैन र बिरामी परि हाले उसले डाक्टर पठाउँदैन । तर यस्ता घटना भइहाले बीमा कम्पनीले व्यक्तिगत सुरक्षा र आर्थिक सहयोग भने अवश्य गर्छ ।

अहिले, विदेश भ्रमणमा जाने नेपालीहरु व्यापारी, खेलाडी तथा अन्य यात्रीमाझ ट्राभल इन्स्योरेन्स लोकप्रिय हुँदै गइरहेको छ । युरोप जानेहरुका लागि त ट्राभल इन्स्योरेन्स अनिवार्य छ । तर अझै पनि धेरै मानिसहरुलाई ट्राभल इन्स्योरेन्स बारे थाहा छैन । तपाई छोटो समयको लागि यात्रा गर्दै हुनुन्छ भने पनि यात्राको अवधिभर ट्राभल इन्स्योरेन्स गर्न सक्नुहुन्छ ।

अब तपाईंको मनमा उठ्न सक्छ कुन बीमा कम्पनीमा बीमा गर्ने, नेपालमा कुन कुन कम्पनीहरुले यस्तो बीमा गछर्न । नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी कुन हो ? लगायतका यावत प्रश्नहरु अगाडि आउन सक्छन् ।
नेपालमा अहिले १४ निर्जीवन बीमा कम्पनीहरुले यात्रा बीमाको काम गरिरहेका छन् ।

ती मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड देशमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये एक प्रख्यात कम्पनी हो भन्दा सायदै अत्युत्ति हुन्छ । यस कम्पनीले लामो समयदेखि आफ्ना प्रतिबद्धतामार्फत ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गरी नेपालको निर्जीवन बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको दावी छ ।

हामीले आफ्नो यात्राको क्रममा जतिसुकै सावधानी अपनाए पनि दुर्घटना र आपतकालीन अवस्थाहरु आउन सक्छन् । त्यसैले कुनै पनि यात्राको लागि ट्राभल इन्स्योरेन्स एक महत्वपूर्ण हिस्सा बन्न आउँछ ।

 

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...