सिटिजन्स् बैंक र गोल्डेन हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई १०% छुट
Wednesday May 28, 2025
वि.सं.२०८२ जेठ १४ बुधवार २२:५६
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगरस्थित गोल्डेन हस्पिटल प्रा.लि.बीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस समझदारीअनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले गोल्डेन हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस्तो सहकार्यबाट ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ ।
डिजिटल बैंकिङ्ग सेवा विस्तारमा सक्रिय बैंकले हालै “बैंक अफ द इयर २०२४” को उपाधि समेत प्राप्त गरेको छ । यसअघि, फोनपेसँग सहकार्य गरी नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” अर्थात् भर्चुअल क्रेडिट कार्ड समेत संचालनमा ल्याइसकेको छ ।
मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन, ऋण विवरण तथा क्रस बैंक टेलर सुविधा जस्ता प्रविधिमैत्री सेवा उपलब्ध गराउँदै आएको बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
























