सडकबाट राजा ल्याउने कुरा सम्भव छैन : महासचिव शंकर पोखरेल

Wednesday May 28, 2025
वि.सं.२०८२ जेठ १४ बुधवार २२:४१

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउने कुरा सम्भव नरहेको बताएका हुन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको विकल्प अरु हुन नसक्ने बताए ।
उनले भने,‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला बिभिन्न तर्क भए होलान तर, अहिले गणतन्त्र र जनताको युग हो । जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन।’
उनले संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र रहेको बताए । सडकबाट राजा
महासचिव पोखरेलले तत्काल वामपन्थी नामका पार्टीरुसँग एकताको आवश्यकता र सम्भावना नरहेको समेत बताए । उनले वामपन्थीका नाममा कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न विभाजनको खेति गर्नेहरुसँग एकताको अर्थ नहुने बताए । विगतमा पार्र्टीो नेता भएका कारण एमालेका नेताहरु भ्रमण दलमा सामेल हुनु स्वभाविक रहेको पोखरेलको दाबी छ ।