CG Electronics
IME Life
NIMB

नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन नसकेको र बैंकमा पनि पैसा थुप्रिएको भन्दै यसमा ठूलो सुधार अबलम्बन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकिरहेको छैन् । बैंकमा पैसा थुप्रिएको छ । लगानीकर्ताहरुले लगानी गर्न आत्म विश्वास देखाएको अवस्था छैन् । निजी क्षेत्र तर्फ गएको कर्जा करिब ७, ८ प्रतिशतको छ ।

यसले के देखाउछ भने नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको छ । थुप्रै क्षेत्रमा सुधारको आवश्यकता छ । सुधार अबलम्बन नगर्ने हो भने हाम्रो अर्थतन्त्र जुन समस्याग्रस्त छ भनि रहेका छौँ यसबाट निस्किएर नेपालको अर्थतन्त्रमा रुपान्तरणको जुन विषय छ त्यो हामीले सोचेको जस्तो नहुन सक्छ ।’

यस्तै, उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्न हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै दबाब आएर जथाभावी खर्च गर्न नहुने बताए ।

उनले भने, ‘हामीले ऋण थप्दै जानुपर्ने हुन्छ, लिएको ऋण खर्च गर्न सक्ने क्षमता छैन् यसले हाम्रो विकासलाई कम गरिरहेको छ ।

यस कारण अहिलेको आवश्यकता के हो भन्दा नेपालमा अनुत्पादन खर्च कटौती गर्नुपर्छ, कठोरताका साथ यसलाई नियन्त्रण गर्ने हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने हुन्छ । दबाब आयो भन्दैमा जथाभावी खर्च गर्नु हुदैँन् । राष्ट्रिय लक्ष्य निर्धारण गरेर खर्चको व्यवस्थापन गर्नको लागि सरकार लाग्नुपर्छ र पुँजीगत खर्च बढाउने तर्फ पनि अगाडि बढ्नुपर्छ ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...