Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य

 

काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन नसकेको र बैंकमा पनि पैसा थुप्रिएको भन्दै यसमा ठूलो सुधार अबलम्बन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकिरहेको छैन् । बैंकमा पैसा थुप्रिएको छ । लगानीकर्ताहरुले लगानी गर्न आत्म विश्वास देखाएको अवस्था छैन् । निजी क्षेत्र तर्फ गएको कर्जा करिब ७, ८ प्रतिशतको छ ।

यसले के देखाउछ भने नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको छ । थुप्रै क्षेत्रमा सुधारको आवश्यकता छ । सुधार अबलम्बन नगर्ने हो भने हाम्रो अर्थतन्त्र जुन समस्याग्रस्त छ भनि रहेका छौँ यसबाट निस्किएर नेपालको अर्थतन्त्रमा रुपान्तरणको जुन विषय छ त्यो हामीले सोचेको जस्तो नहुन सक्छ ।’

यस्तै, उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्न हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै दबाब आएर जथाभावी खर्च गर्न नहुने बताए ।

उनले भने, ‘हामीले ऋण थप्दै जानुपर्ने हुन्छ, लिएको ऋण खर्च गर्न सक्ने क्षमता छैन् यसले हाम्रो विकासलाई कम गरिरहेको छ ।

यस कारण अहिलेको आवश्यकता के हो भन्दा नेपालमा अनुत्पादन खर्च कटौती गर्नुपर्छ, कठोरताका साथ यसलाई नियन्त्रण गर्ने हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने हुन्छ । दबाब आयो भन्दैमा जथाभावी खर्च गर्नु हुदैँन् । राष्ट्रिय लक्ष्य निर्धारण गरेर खर्चको व्यवस्थापन गर्नको लागि सरकार लाग्नुपर्छ र पुँजीगत खर्च बढाउने तर्फ पनि अगाडि बढ्नुपर्छ ।’

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...