CG Electronics
Ncell NPL
NIMB

विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विपद् कार्यकारी समितिको ३२ औं बैठकले मनसुनको पूर्वतयारी लगायत पाँचवटा प्रमुख एजेण्डामा छलफल गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टका अनुसार, पहिलो एजेण्डा अन्तर्गत अघिल्ला कार्यकारी बैठकमा भएका निर्णयहरूको समिक्षा गरिएको थियो ।

ती निर्णयहरू कार्यान्वयनको अवस्थाबारे छलफल गर्दै आगामी योजनालाई अझ प्रभावकारी बनाउन सुझावहरू पनि प्रस्तुत गरिएका थिए ।

दोस्रो एजेण्डामा, आगामी मनसुनको तयारी र त्यससँग सम्बन्धित प्रतिकार्य योजनाबारे चर्चा गरिएको थियो । प्रमुख भट्टले बताए अनुसार, यस वर्ष मनसुन अपेक्षाकृत तीव्र हुने अनुमान गरिएकाले राष्ट्रिय कार्य योजना पारित भइसकेको समेत बताए ।

उनले भने, ‘आजको बैठकमा पाँच वटा एजेण्डामा छलफल भएको थियो । जसमध्ये पहिलो चाँही यो भन्दा पहिले वर्षको कार्यकारी बैठकले के के निर्णय गरेको थियो र त्यसको काम कहाँ पुगेको छ भनेर समिक्षा गर्ने काम भयो ।

दोस्रो चाँही अहिले मनसुन छिट्टै आउँदैछ । यो वर्ष मनसुन बढी पनि छ । मनसुनको बेला प्रतिकार्य गर्ने जुन योजना छ त्यो राष्ट्रिय कार्य योजना पास भएको छ ।

त्यसैगरी चोभारमा जुन गत वर्ष जाम भएर बहाव अवरुद्ध हुन गैइ जुन डुबान भएको थियो त्यो यो वर्ष नहोस् भन्नका लागि सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको केही अवरोधहरु हटाउने भन्ने निर्णय भयो । ’

बैठकका बाँकी एजेण्डाहरूमा अन्य सम्भावित प्राकृतिक प्रकोपहरूको तयारी, समन्वय अभिवृद्धि तथा विपद् व्यवस्थापनको दीर्घकालीन रणनीतिहरूबारे पनि छलफल भएको जनाइएको छ ।

CG Electronics
काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण...

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो वृद्धि

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२१

  काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।...

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता, कांग्रेसका गगनको ३७९ मत

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता,...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:५६

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा...

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६ हजार बढी मतले अगाडि

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:४२

  काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी...

निर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब एक करोड १० लाख मत खस्यो

निर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब एक करोड १०...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०८:५०

  काठमाडौं । निर्वाचन आयोग नेपाल ले आज सम्पन्न भएको...