CG Electronics
Ncell NPL
NIMB

क्याटल र फोटोन मोटरबीच सम्झौता, विद्युतीय व्यावसायिक सवारी क्षेत्रमा १० वर्षे सहकार्य

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । क्याटल र फोटोन मोटरले व्यावसायिक सवारी साधनलाई विद्युतीकरण गर्न दीर्घकालीन सहकार्य गर्ने भएका छन् । यसै सन्दर्भमा दुवै कम्पनीबीच चालु वर्षको फेब्रुअरी ८ मा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित समारोहमा १० वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार दुवै कम्पनीले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्याट्री सेवा तथा सवारीसाधन विद्युतीकरणको सम्पूर्ण प्रणालीमा सहकार्य गर्नेछन् । यसले ८८हरित ऊर्जा (ग्रीन इनर्जी)८८मा आधारित भविष्य निर्माणमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ ।

फोटोन मोटर, सन् १९९६ मा स्थापना भएको र चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो । सन् २०२१ सम्ममा कम्पनीले एक करोडभन्दा बढी गाडी बिक्री गरिसकेको छ । लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बिक्री गर्ने र १५ वर्षदेखि सबैभन्दा बढी निर्यात गर्ने कम्पनीको रूपमा फोटोन चिनिएको छ ।

 

 

अर्कोतर्फ, क्याटल विश्वमै अग्रणी ब्याट्री प्रविधि कम्पनी हो, जसले न्यू इनर्जी सोलुसनका क्षेत्रमा प्रभुत्व जमाएको छ । यसको टेकट्रान्स ब्रान्डमार्फत क्याटलले बस, ट्रक, लजिस्टिक्स र निर्माण उपकरणहरूका लागि लामो दूरी, द्रुत चार्जिङ र दीर्घायु ब्याट्री सेवा प्रदान गरिरहेको छ ।

 

दुवै कम्पनीको यो सहकार्य चीनको नवप्रवर्तनशील औद्योगिक सोच र अन्तर्राष्ट्रिय बजार रणनीतिको उदाहरण हो । साथै, भविष्यमा क्याटलले अन्य उद्योगहरूमा पनि प्रविधि साझेदारीको विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...