CG Electronics
IME Life
NIMB

बजेट कार्यान्वयन गराउने मन्त्रीको आश्वासन, व्यवसायीहरुले दिए धन्यवाद

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ नदिएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले मेहेनत गरेर पूरा गर्न सकिने खालको राजस्वको लक्ष्य भएको भन्दै लक्ष्य पूरा नहुने ठाँउ नभएको बताए ।

उनले भने, ‘राजस्वको सन्दर्भका जुन अनुमान गरिएको छ त्यो कुरामा आँखा जुधाएर भन्न चाहन्छु, आगामी आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा राजस्वको समिक्षाको बेला राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ दिएको छैन् । मेहेनत गरेर पूरा गर्न सकिने खालको लक्ष्य छ । तर चुपचाप बसेर भने केही हुदैँन् ।’ यस्तै, बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गर्दै सिमाभित्र रहेर बजेट निर्माण गरेको बताए ।

उनले भने, ‘बजेटले बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गरेको छ । बजेट निर्माणको सबै विषयलाई दर्होसँग अनुशरण गरेको छ । बजेट निर्माणका सीमाहरुलाई पालना गरेको छ । सीमाभित्र रहेर बजेट निर्माण भएको छ । कहाँ आम्दानी हुन्छ, कति हुन्छ र कसरी खर्च हुन्छ त्यो सबै यथार्थपरक छ । यसमा स्पष्ट हुनुहोला ।’

बजेटको आकारको विषयमा अनुभवी, पुराना अर्थशास्त्री, अर्थमन्त्री, सचिवले सकारात्मक टिप्पणी गरेको र स्रोतको अनुमान ठिक छ भन्ने प्रतिक्रिया पाएको पनि उनको भनाइ छ । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको बताएका छन् ।

उनले भने, ‘निजी क्षेत्रको हिसाबले भन्दै गरेको र आउनैपर्ने कुरा बजेटमा आएको छ । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित विषयहरु सम्बोधन भएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव पनि बजेटले समेटेको छ । बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको छ ।’

उनले भविष्यमा फाइदा हुने खनिज जस्तो वातावरण नबिगार्ने वस्तु आयात गर्न मिल्नेगरि काम गर्नुपर्ने कुरा बजेटले सम्बोधन गरेको भन्दै विगतमा जस्तो कार्यान्वयन नहुने समस्या नआउने आशा गरेको बताए ।

आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको भन्दै सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटाएकोमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले खुशी व्यक्त गरेका छन् । उनले भने, ‘आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटाएको छ । युवालाई विदेशीनुबाट रोक्न तीन प्रतिशत ब्याजदरमा ७६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

डिजिटल बैंक स्थापना, विदेशमा लगानी खुला, होटल उद्योगमा कर सम्बन्धी समस्या समाधान, पूर्वाधारको विकास, गुणस्तरिय सेवा विस्तार र बजारीकरणबाट धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरुले यो क्षेत्रहरुको विकासमा ठूलो सम्भावना देखिएको छ ।’

सोही क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि यो बजेटले समग्रमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको र निर्माण क्षेत्रमा भएको समस्यालाई पनि राज्यले पहिचान गरेको भन्दै यसलाई सम्बोधन गर्ने कुरामा पनि सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘यो २०८२।८३ को बजेट जुन आएको छ त्यसमा म नेपाल सरकारलाई बधाई दिन चाहन्छु । किनभने जसरी विगतका वर्षमा बजेट आउँदैगर्दा आम सञ्चार माध्यममा कुनै समूह विशेषबाट प्रभावित भएर बजेट आएको छ । र यो बजेटले कुनै एउटा समुदाय र समुहलाई आर्थिक लाभ दिने काम गरेको छ भनेर भन्ने गरिन्थ्यो । तर यो वर्षको बजेटमा त्यस्तो किसिमको कुरा आएको छैन् । बजेटले समग्रमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रमा भएको समस्यालाई पनि राज्यले पहिचान गरेको छ । यसलाई सम्बोधन गर्ने कुरालाई राज्यले प्राथमिकतामा राखेको छ ।’

यसैगरि कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र विस्तार, लगायतका विषयहरु विगतको निरन्तरता भएपनि सकारात्मक कुरालाई नकार्न नहुने भन्दै निर्यातभन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

 

 

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...