CG Electronics
IME Life
Ncell NPL

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताकोभाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्तिुर टिभी,एनसेल एप र कम्पनीको यूट्युव च्यानलमार्फ १/१ लाख नगद पुरस्कारजित्ने १० ग्राहकहरु छानिएका हुन् ।

विजेता ग्राहकहरुलाई कम्पनी आफैले पनि सम्पर्क गर्ने र घोषणाभईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीकोसम्पर्कमा आईसक्नु पर्ने एनसेलले जनाएको छ । यो योजनामा एक जनाले१ करोड नगद बम्पर बाहेक १२ हप्तासम्म प्रत्येक हप्ता १०/१० जनाले १/१लाख गरि १२० जनाले जनही १ लाख नगर पुरस्कार पाउँछन् ।

यो पहिलो हप्ता १ लाख नगर पुरस्कार जित्ने १० वटा टिकट नम्बरहरु निम्न अनुसार रहेका छन् ।
डब्लु१–००१३११७१
डब्लु१–००५५२२८१
डब्लु१–०११४६१८७
डब्लु१–०१७९५६४५
डब्लु१–०२१०२६७६
डब्लु१–०३६६१८३३
डब्लु१–०३७९१८४०
डब्लु१–०४३९४३८०
डब्लु१–०४८५६२३१
डब्लु१–०५७३०६४७

के हो सधैं अन करोडपति योजना ?

‘सधैँ अन करोडपति’ योजना एनसेलले लामो समयको अन्तरालपछिसञ्चालनमा ल्याएको एक ठूलो ग्राहक योजना हो । योजनाको अन्तिममा १जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउँनेछ ।

यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन् ।आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार संचालन भईरहेकोयो योजना असार १ देखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेललेबताएको छ ।

कसरी सहभागी हुने?

यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।

ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वाएनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थनगर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल
वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटाटिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिदगर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् । यसको मतलब प्याककोमूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दाग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणकालागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकटप्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटाटिकटहरु प्राप्त गर्दछन् ।

आफ्नो टिकट कसरी थाहा पाउने?

ग्राहकहरुले आफूले सेवा खरिद गरिसकेपछि एसएमएसमार्फत एक लिङ्कपाउँछन् । सो लिङ्कमा गई उनीहरुले आफूले पाएको टिकटहरु हेर्न सक्छन्। एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएरआफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएकोछ ।

कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेडप्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिदगरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमाजारी हुन्छन् ।

विजेता कसरी छानिन्छ?

यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेकोसमयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फतप्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिन्छ ।नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैंसम्पर्क पनि गर्नेछ ।

थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिककोएनसेल सेन्टरमा जान सक्छन् । यसैगरी एनसेलको वेबसाइट https://www.ncell.com.np/en/individual/sadhain-on-crorepati मा गईवा एनसेल एप डाउनलोड÷लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिन्छ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...