IME Life
NIMB

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग अनुभवलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ ‘Insta Fund Transfer’ सेवा सुरु गरेको छ।

नवीनतम सेवा अन्तर्गत, मन्जुश्री फाइनान्सको मोबाइल बैंकिङ्ग एप ‘मन्जुश्री स्मार्ट’ प्रयोग गर्ने ग्राहकहरूले नेपाल क्लियरिङ्ग हाउस (NCHL) अन्तर्गतको राष्ट्रिय भुक्तानी प्रणाली (NPS) मा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा निशुल्क अन्तरबैंक रकमान्तर (Fund Transfer) गर्न सक्नेछन्।

संस्थाले यस सेवामार्फत डिजिटल कारोबारलाई थप सरल बनाउँदै दैनिक वित्तीय व्यवहारमा सहजता ल्याउने लक्ष्य लिएको जनाएको छ।

हाल मन्जुश्री फाइनान्सले देशभर २७ वटा शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको यस संस्थाले आफुलाई अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित गर्न सफल भएको छ।

निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ सेवा उपलब्ध गराउँदै आएको मन्जुश्रीले आधुनिक डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत आफ्ना सेवाहरूलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...