Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

 

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग अनुभवलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ ‘Insta Fund Transfer’ सेवा सुरु गरेको छ।

नवीनतम सेवा अन्तर्गत, मन्जुश्री फाइनान्सको मोबाइल बैंकिङ्ग एप ‘मन्जुश्री स्मार्ट’ प्रयोग गर्ने ग्राहकहरूले नेपाल क्लियरिङ्ग हाउस (NCHL) अन्तर्गतको राष्ट्रिय भुक्तानी प्रणाली (NPS) मा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा निशुल्क अन्तरबैंक रकमान्तर (Fund Transfer) गर्न सक्नेछन्।

संस्थाले यस सेवामार्फत डिजिटल कारोबारलाई थप सरल बनाउँदै दैनिक वित्तीय व्यवहारमा सहजता ल्याउने लक्ष्य लिएको जनाएको छ।

हाल मन्जुश्री फाइनान्सले देशभर २७ वटा शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको यस संस्थाले आफुलाई अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित गर्न सफल भएको छ।

निक्षेपमा आकर्षक ब्याजदर र कर्जामा सुलभ सेवा उपलब्ध गराउँदै आएको मन्जुश्रीले आधुनिक डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत आफ्ना सेवाहरूलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...