CG Electronics
IME Life
NIMB

सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको नेतृत्वमा आठ जना युवा उद्यमीहरूले टर्कीमा विभिन्न व्यवसायिक संस्था, उद्योगी तथा उद्यमीसँग भेटघाट तथा छलफल गरे । निर्माण, सूचना प्रविधि, स्वास्थ्य, वित्त, व्यापार तथा सेवा, कृषि, र पर्यटनजस्ता विविध क्षेत्रका उद्यमीहरू सहभागी उक्त टोलीले व्यापार, लगानी तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्यका अवसरहरु खोजी गरेको छ ।

नेपाली युवा उद्यमी प्रतिनिधिले टर्कीका प्रमुख व्यवसायिक संघ संस्थाहरु इस्तानबुल चेम्बर अफ कमर्श, टर्कीका युवा व्यवसायीहरूको संस्था TUGIAD, अनातोलियन लायन्स व्यवसायी संघ (ASKON), स्वतन्त्र उद्योगी तथा व्यवसायीहरूको संस्था MUSIAD सँग दुई देशबीचको साना तथा मझौला उद्योग (SME) बीच सहकार्य, व्यापार प्रवर्द्धन र लगानी सम्भावना, उत्पादन व्यापार, कृषि प्रशोधन र औद्योगिक सहकार्य, निर्माण, पूर्वाधार तथा प्रविधिका क्षेत्रमा संयुक्त लगानी र सहकार्यका विषयमा छलफल गरे । त्यस्तै, दुई देशका युवा उद्यमीहरूलाई आपसी बीटूबी नेटवर्क बनाउने अवसर समेत प्राप्त भएको छ ।

सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालले भ्रमण निकै जानकारीमूलक र प्रेरणादायक रहेको बताए। यसले दीर्घकालीन साझेदारी, अन्तर्राष्ट्रिय सिकाइ, र नयाँ बजारका अवसरहरूका लागि ढोका खोलिदिएको उनले बताए ।

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता

उत्तम भ्लोनको बजेटप्रति प्रतिक्रियाःऊर्जा क्षेत्रका केही प्रावधान...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी...

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:२१

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी...

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१७

  काठमाडौं । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले...