CG Electronics
IME Life
NIMB

‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश : मूल्य ७३ लाख, एकपटक चार्जमा ४४० किमी रेन्ज

NIMB
Himalayan Bank

काठमाडौं । बीवाइडीको नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश गरेको छ।

नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौंमा एक विशेष समारोह आयोजना गर्दै उक्त गाडी सार्वजनिक गरेको हो।

साइमेक्सले सिलायन सेभेनको बुकिङ असार २० गतेदेखि खुला गरेको थियो भने अब बिक्री पनि सुरु भएको छ। गाडीको प्रारम्भिक मूल्य ‘अर्ली बर्ड अफर’ अन्तर्गत ७२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीको नियमित मूल्य भने ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।

यो गाडी ४८ मिटर लम्बाइ भएको एसयूभी हो, जसमा १०० किलोवाटको मोटर पावर र ७१.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। कम्पनीका अनुसार एकपटक पूरै चार्ज गरेपछि गाडीले ४४० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने दाबी गरिएको छ।

गाडीमा १५.६ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल क्लस्टर रहेको छ। साथै, पानारोमिक सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्स क्यामेरा, एन्ड्रोइड अटो, एप्पल कारप्ले, र ६ वटा एयरब्यागले सुरक्षा पक्षमा उच्च सुविधा प्रदान गर्छ।

सुरक्षा सुविधामा थप विशेषता स्वरूप गाडीमा राडर, मल्टिपल क्यामेरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ र लेन किप असिस्टजस्ता प्रविधिहरू पनि उपलब्ध छन्।

सिलायन सेभेन पहिलो पटक गत वर्षको अटो नाडा मोटर एक्स्पोमा सार्वजनिक प्रदर्शनीमा राखिएको थियो। बजारमा यसले डीपल एस०७, महिन्द्राको बीई०६, एक्सयूभी ९ ई र लीपमोटर सी१० जस्ता मोडेलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...