नेपालमा सार्वजनिक हुँदै एथर रिज्टा: सबैभन्दा रुचाइएको पारिवारिक इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा
Saturday Aug 02, 2025
वि.सं.२०८२ साउन १७ शनिवार १३:०३
काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्दै एयर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिज्टाको औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी NAIMA Expo 2025 मा आगामी साउन २१ गते (अगस्ट ६) एथर रिज्टा पहिलो पटक भृकुटीमण्डप, काठमाडौंमा सार्वजनिक गरिनेछ।
भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको एथर रिज्टा उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षाको समिश्रण हो। नेपाली परिवेश र आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको रिज्टा आधुनिक जीवनशैलीसँग मेल खाने स्मार्ट मोबिलिटी समाधानको रूपमा प्रस्तुत गरिएको छ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री सूर्यांश वैद्यका अनुसार, “रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन धेरै नेपालीको जीवनशैलीसँग मेल खान्छ। 450 सिरिजको सम्पूर्ण प्रविधिलाई सहज र पहुँचयोग्य बनाउँदै ल्याइएको यो स्कुटर नेपाली सडक र परिवारको लागि उपयुक्त छ।”
रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रङमा उपलब्ध हुनेछ। यसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी सुविधा, र प्रशस्त स्टोरेज जस्ता विशेषताहरू समावेश छन्, जुन एयरको प्रमाणित प्लेटफर्ममा आधारित छन्।
NAIMA मा सहभागी हुने आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन्। एथर रिज्टाको आगमनले नेपाली बजारमा एथर ब्रान्डको उपस्थिति बलियो बनाउनेछ र वातावरणमैत्री तथा दिगो यातायाततर्फ उपभोक्तालाई प्रोत्साहित गर्नेछ।
तपाईलाई हार्दिक निमन्त्रणा छ साउन २१ गते, भृकुटीमण्डप, काठमाडौँ आइपुग्नुहोस, मोबिलिटीको भविष्यसँग जुडिनुहोस, रमाइला खेलकुद र गतिविधिहरूमा सहभागी हुनुहोस्।
























