CG Electronics
IME Life
NIMB

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालले पुनः सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मका लागि निःशुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएको छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गरेका थिए। उनले यस पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सकारात्मक कदम भएको भन्दै अस्पताल टिमलाई शुभकामना दिएका छन्। मन्त्री मगरले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा मन्त्रालयको निरन्तर साथ रहने प्रतिवद्धता जनाए।

अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक/कान/घाँटी, आँखा, नसा, मुटु, मिर्गौला, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध गराउने जनाएको छ।

आपत्कालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे तथा फिजियोथेरापी सेवामा पनि छुटको व्यवस्था गरिएको छ।

कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटन समारोहमा यसअघि नेपाल मेडिकल कलेज र नेसनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव सँगालेको टिमले नै नयाँ कलेज सञ्चालनमा ल्याएको जानकारी दिएका थिए।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...