Ncell NPL Banner ads
Laxmi Sunrise Bank Limited
NIMB

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा सुरु

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालले पुनः सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मका लागि निःशुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएको छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गरेका थिए। उनले यस पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सकारात्मक कदम भएको भन्दै अस्पताल टिमलाई शुभकामना दिएका छन्। मन्त्री मगरले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा मन्त्रालयको निरन्तर साथ रहने प्रतिवद्धता जनाए।

अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक/कान/घाँटी, आँखा, नसा, मुटु, मिर्गौला, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध गराउने जनाएको छ।

आपत्कालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे तथा फिजियोथेरापी सेवामा पनि छुटको व्यवस्था गरिएको छ।

कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटन समारोहमा यसअघि नेपाल मेडिकल कलेज र नेसनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव सँगालेको टिमले नै नयाँ कलेज सञ्चालनमा ल्याएको जानकारी दिएका थिए।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...