नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार दिपल एस०५ यसै साता सार्वजनिक हुँदै
Thursday Aug 14, 2025
वि.सं.२०८२ साउन २९ बिहीवार २०:२८
काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले केही दिनमै लक्जरी, स्टाइल र प्रविधिको अद्वितीय संयोजन गर्ने आफ्नो नयाँ एसयुभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयुभी ल्याउन लागेको हो । विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ ।
एस०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ । यसमा नेपालमै पहिलो पटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोड सहितको सहितको क्विन को–पाइलट रहेको छ । यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ ।
नयाँ एस०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किंग छ जसले साँगुरो पाकिंग स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिंग कन्फिडेन्सलाई बढाउनेछ । साथै यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डशिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिंगको अनुभव दिलाउँछ ।
त्यसैगरी नयाँ एस०५ मा पहिलो पटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ । साथै यसमा सुरपेरियर कोल्ड वेदर पर्फर्मेन्स पनि प्रदान गर्छ जसले नेपालको सबै भौगोलिक र जलवायुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ ।
नयाँ दिपल एस०५ ले नेपालको इभी बजारमा दिपल एस०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।




























