CG Electronics
IME Life
Ncell NPL

ओमस्टोन होटेल्स र सिटिजन्स क्यापिटलबीच शेयर निष्काशन सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आज एक विशेष समारोहका बीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक श्री रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दोस्रो थानी हिमालयन रिसोर्टको प्राथमिक शेयर सार्वजनिक निष्काशनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।

समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता श्री विष्णु मोरको विशेष उपस्थिती रहेको थियो।

दुसित थानी हिमालयन रिसोर्ट सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको हो। काभ्रेपलाञ्चोकको धुलिखेल, पात्लेखेतमा अवस्थित यस रिसोर्टले हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्यसहितको उत्कृष्ट वातावरणमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा प्रदान गर्दै आएको छ।

दुसित थानी ब्रान्डले हालसम्म विश्वका १८ वटा देशमा सेवा विस्तार गरेको छ भने नेपालमा यसको प्रतिनिधित्व ओमस्टोन होटेल्स लिमिटेडमार्फत भइरहेको छ।

यसैबीच, सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा नयाँ आयाम थप्दै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। नेपाल धितोपत्र बोर्डबाट प्रत्यक्ष लगानीकर्तासँग सम्बन्धित काम गर्न स्वीकृत सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...