NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

उर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैंयाँ

NIMB
leapmotornepal (citroen)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने भनेर आवाह्न गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ ।

त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन् ।
जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका थिए ।

उक्त अभियानलाई साथ दिँदै रोल्पाका ओलीले रु १०० दिँदै सानो हात, ठूलो साथ भन्दै एक पटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुने बताएका छन् ।

 

ओलीले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत लेख्दै भनेका छन् :

‘एकपल्टको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम………? देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुनेछ ।

आजपनी हामी पराईको हात थापेर वा मागेर पुनः निर्माण गर्ने सपना देख्छौ भने परनिर्भर र पराधिन हुनुपर्नेछ! यसर्थ हामी स्वाभिमान र आत्मनिर्भर बन्नुपर्ने बेला भएको छ ।
सानो सहयोग पनि ठूलो परिवर्तनको जग हुन सक्छ । हामी तीन करोड नेपालीले हातेमालो गर्ने हो भने, देशलाई फेरि उठ्न बाट कसैले रोक्न सक्दैन ।

हामीले यत्ति भन्नु पर्छ कि, देश हामी सबैको हो, बनाउने पनि हामीले नै हो! यदि प्रत्येकले रु. १०० दियौंभने, एकैपल्टमा ३ अर्ब रुपैयाँ जुट्छ र हामी सबैको साझा लगानीमा पुनः ठडिने छ,सिंहदरबार ! एउटा खाता खोल्यौ – देशको लागि । अब, एउटा सन्देश फैलाऔं – जिम्मेवारीको । एउटा कदम चालौं – आशाको । अरु ‘कोही’ होइन, हामी सबै मिलेर गर्नुपर्छ’ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...