CG Electronics
IME Life
NIMB

जनक राज शर्मा नेपाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कार्यभार सम्हाल्दै

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज औपचारिक रूपमा प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ । आजै बिहान अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असोज ९ गतेको निर्णय अनुसार, अर्को व्यवस्था नभएसम्म अध्यक्ष शर्माले प्राधिकरणको कामकाज अघि बढाउने जिम्मेवारी पाउनुभएको हो । शर्मा हालसम्म अर्थ मन्त्रालयमा कार्यरत रहनुभएको थियो ।

कार्यभार ग्रहण गर्दै अध्यक्ष शर्माले हालको चुनौतीपूर्ण अवस्थामा बीमा सेवाको गुणस्तर र विश्वसनीयता वृद्धि गर्न, बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरूले प्रचलित कानूनअनुसार पारदर्शी र सहज सेवा दिनुपर्नेमा जोड दिँदै दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाउन आग्रह गर्नुभयो ।

शर्माले भन्नुभयो, “बीमाप्रतिको विश्वास बढाउन गुणस्तरीय सेवा अनिवार्य छ । दाबी भुक्तानी समयमै भएमा बीमाको दायरा विस्तार हुन्छ र विस्तारसँगै लागत पनि कम हुँदै जान्छ ।”

उहाँले प्राधिकरणका कर्मचारीहरूलाई सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । अध्यक्ष शर्मालाई प्राधिकरणका निर्देशक र कर्मचारीहरूले स्वागत गरेका थिए ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...