CG Electronics
IME Life
NIMB

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ साधारण सभाले ८% नगद लाभांश पारित

NIMB
Himalayan Bank

 

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा २०८२ असोज ९ गते (सेप्टेम्बर २५, २०२५) कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरणमाथि छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

साधारण सभाले आ.व. २०८२/८३ का लागि लेखापरीक्षकमा एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो अवधिमै हासिल गरेको उपलब्धीबारे प्रकाश पार्दै धितोपत्र दलाल सेवामा सुशासन, अनुपालना र आधुनिक प्रविधिको प्रयोगमार्फत सर्वसुलभ सेवा उपलब्ध गराई नेतृत्वदायी भूमिका निर्वाह गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...