CG Electronics
IME Life
Ncell NPL

प्रिमियर इन्टरनेसनलले आयोजना गर्‍यो नेपालकै पहिलो Diplomathon World Symposium, शैक्षिक नवप्रवर्तनमा नयाँ इतिहास

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपालकै पहिलो Diplomathon World Symposium आयोजना गर्दै देशको शैक्षिक इतिहासमा नयाँ अध्याय सुरु गरेको छ। दुई दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय बहस तथा नीतिनिर्माण कार्यक्रममा उपत्यका भित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाए।

कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई–कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटन जस्ता समसामयिक विषयमा बहस, नीतिगत प्रस्ताव र संकट समाधानका अभ्यासहरू प्रस्तुत गरे।

समापन समारोहमा प्रिमियरका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै Overall Best Delegation Award हात पारे।

विजेता विद्यार्थीहरू:

Best Delegate (BD): दार्शनीका न्यौपाने, शाइरा श्रेष्ठ बताजु, असोस पुरी, आश्रय अग्रवाल, रुचिका खड्गी

High Commendation (HC): अनुज के. घिमिरे, प्रिशा कर्माचार्य, हृदिमा अग्रवाल

Special Mention (SM): शिवाय अग्रवाल, आरोन श्रेष्ठ

समारोहमा शैक्षिक निर्देशक प्रवीणा थापाले भनिन्, “प्रिमियर सधैं नयाँ काम गर्न तयार रहने संस्था हो। Diplomathon World Symposium हाम्रो शैक्षिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो, जसले देखायो कि नेपाली विद्यार्थीहरू पनि विश्वका युवासँग समान स्तरमा छलफल र समाधान खोज्न सक्षम छन्।”

Diplomathon कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो — पहिलो चरणमा अन्तर्राष्ट्रिय प्रशिक्षण र सहकार्य, र दोस्रो चरणमा प्रिमियरको परिसरमा प्रत्यक्ष बहस र नीतिनिर्माण अभ्यास। आगामी वर्ष विद्यार्थीहरूले Diplomathon World Symposium Global Round Japan 2026 मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

यस उपलब्धिसँगै प्रिमियर इन्टरनेसनल IB Continuum School शैक्षिक नवप्रवर्तन र विश्वस्तरको नेतृत्व विकासमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ।

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...