CG Electronics
IME Life
Ncell NPL

४५औं विश्व खाद्य दिवसको अवसरमा स्वच्छ खाना र समृद्ध भविष्यका लागि हातेमालो गर्न कृषिमन्त्रीको आह्वान

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्व खाद्य दिवस २०२५ को अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले समृद्ध, शान्तिपूर्ण र खाद्य सुरक्षित भविष्य निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला सबै पक्षलाई सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन् ।

मन्त्री परियारले शुभकामना सन्देश जारी गर्दै खाद्य तथा कृषि संगठनले यस वर्षको विश्व खाद्य दिवसको नारा निर्धारण गरेअनुसार नेपालमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विभिन्न कार्यक्रमहरूमार्फत ४५औं विश्व खाद्य दिवस मनाइँदै आएको जानकारी दिए ।

उनले हालसम्मका तथ्यांक प्रस्तुत गर्दै सन् २०३० सम्ममा विश्वभर ६७ करोड मानिस दीर्घकालीन रूपमा कुपोषणको जोखिममा पर्ने अनुमान गरिएको उल्लेख गरे । यसले संयुक्त राष्ट्रसंघको शून्य भोकमरी लक्ष्यमा पुग्न गम्भीर चुनौती उपस्थित गराएको उनको भनाइ छ ।

नेपालको सन्दर्भमा मन्त्री परियारले भने, ‘विश्व भोकमरी सूचकांकमा नेपाल गत वर्षको ६८औं स्थानबाट यस वर्ष ७२औं स्थानमा झरेको छ । कृषि गणना २०७८ अनुसार देशभर करिब ५५ प्रतिशत कृषक परिवार वर्षैभरि खान नपुग्ने अवस्थामा छन् ।’

उनले कृषिमा नेपालको २५ प्रतिशत योगदान रहे पनि उत्पादनशीलता न्यून रहेको, कृषियोग्य जमिन घट्दै गएको र रसायनिक मल तथा अन्य कृषि सामाग्रीको अभावले उत्पादनमा वृद्धि हुन नसकेको तथ्य औंल्याए । ‘कृषि भूमि संरक्षण गर्दै आधुनिक र व्यवसायिक कृषि प्रणालीको विकास गर्नुपर्ने आवश्यकता अहिलेको मुख्य चुनौती हो,’ मन्त्री परियारले भने।

नेपालको संविधानको धारा ३६ ले खाद्य हकलाई मौलिक हकको रूपमा र धारा ५१ ले कृषि तथा भूमिसुधार नीतिहरूको व्यवस्था गरेको उल्लेख गर्दै उनले खाद्य अधिकार संरक्षणका लागि ल्याइएका विभिन्न ऐन, नीति तथा रणनीतिक योजना कार्यान्वयनमा रहेको बताए ।

मन्त्री परियारले खाद्य सुरक्षाको सवालमा सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, संघसंस्था, किसान, उद्यमी, श्रमिक, युवापुस्ता र नागरिक समाजको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । उनले विश्व खाद्य कार्यक्रम, सार्क खाद्य बैंक, खाद्य तथा पोषण सुधार कार्यक्रम जस्ता प्रयासहरूप्रति पनि विश्वास व्यक्त गरे ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...