Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

 

काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। यो कार्यक्रम कार्तिक २३, २०८२ मा एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. द्वारा आयोजना गरिएको थियो, जसले देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको छ। शोरुमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद जैशी (राजु) महासचिव सुर्खेत चेम्बर अफ कमर्श द्वारा गरिएको थियो।

कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, TM1, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्। यी सवारीहरूले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्छन्।

नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने छ। चितवन शोरुमले त्यस क्षेत्रको लागि उच्च गुणस्तरीय, कुशल र भरोसायोग्य मोबिलिटी सोलुसन्सको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अब सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकहरूको लागि सोही सफलताको परम्परा जारी राख्ने छ।

यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ। साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ, जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्छ।

“हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं”, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता भन्छन्, “चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।”

यस सम्बन्धि थप जानकारी र टेस्ट राइडको लागि एयरपोर्ट रोड, सुर्खेतस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. भ्रमण गर्न र फोटोन मोटरद्वारा नेपालमा प्रदान गरिने इनोभेसन, भरपर्दोपन र प्रदर्शन अनुभव गर्न सक्नुहुन्छ।

एमएडब्लू वृद्धिका बारेमा

एमएडब्लू वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारी सप्लायर हो जो उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन प्रतिवद्ध छ। कम्पनी फोटोन सवारी साधनको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै भरपर्दोपन र प्रदर्शनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्सियलले आफ्नो देशव्यापी शोरुम र बढ्दो सर्भिस नेटवर्क मार्फत् व्यवसायहरूलाई उच्च गुणस्तरीय सवारी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

 

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...