CG Electronics
IME Life
NIMB

आइसिटिपि २०२६ : काठमाडौँमा फेब्रुअरी ११–१४ अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

NIMB
Himalayan Bank

 

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘आइसिटिपि २०२६’ फेब्रुअरी ११ देखि १४ सम्म होटल हायात सेन्ट्रिकमा आयोजना गरिने भएको छ। आयोजकले गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिएको हो।

रिसर्च एण्ड इन्नोभेसन सेन्टर फर नेपाल (रिकन) का तर्फबाट सम्मेलनका सचिव ई. विरोध रिजालका अनुसार, प्राविधिक सम्मेलन र वैज्ञानिक प्रकाशनको गुणस्तर वृद्धि गर्नु तथा शैक्षिक संस्थाभित्र अनुसन्धान संस्कृतिलाई मजबुत बनाउनु यस सम्मेलनको प्रमुख उद्देश्य हो। सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ।

आइट्रिपलई नेपाल सेक्सनका अध्यक्ष डा. अरुण तिमल्सिनाले सम्मेलनमा अन्तर्राष्ट्रिय योगदानकर्ताद्वारा १५० भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिने जानकारी दिनुभयो। उहाँले प्रविधि मानकीकरण, अनुसन्धानको गुणस्तर मापन तथा विश्वस्तरीय सम्मेलनहरूको प्रवद्र्धनमा आइट्रिपलईको भूमिकालाई महत्वपूर्ण बताउनुभयो।

दक्षिण कोरियाको प्रतिष्ठित संस्थान कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (KAIST) अन्तर्गतको स्कूल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा ग्लोबल डिजिटल इनोभेसन र प्रभाव विषयक विशेष कार्यशाला पनि आयोजना हुनेछ। उक्त कार्यशालामा विभिन्न देशका सरकारी अधिकारी, नीति निर्माता तथा डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरू सहभागि भई डिजिटल नीतिहरू, एआई रणनीति तथा सीमापार सहकार्यबारे छलफल गर्नेछन्।

आयोजकहरूले नेपालको डिजिटल रूपान्तरणका लागि विश्वव्यापी विशेषज्ञहरूसँग प्रत्यक्ष सिकाइ तथा नयाँ मार्गनिर्देशन प्राप्त गर्न यो सम्मेलन महत्वपूर्ण अवसर हुने उल्लेख गरे।

पत्रकार सम्मेलनमा चीनको नान्जिङ विश्वविद्यालयका प्रा. डा. विकास नकर्मीको भिडियो सन्देशसहित अन्य प्रमुख वक्ताहरूका अभिव्यक्तिहरू पनि प्रस्तुत गरियो।

आइसिटिपि २०२६ मा आविष्कार र नवप्रवर्तनलाई प्रेरित गर्ने, विश्वव्यापी सहकार्य सुदृढ बनाउने तथा दिगो प्राविधिक विकासलाई समर्थन गर्ने उद्देश्यका विविध सत्रहरू रहनेछन्। सम्मेलनले व्यापक अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रममा प्रमुख विश्वविद्यालय, इन्जिनियरिङ कलेज, विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्।

यो सम्मेलन रिसर्च एण्ड इन्नोभेसन सेन्टर नेपाल (रिकन) र नेपाल इन्जिनियरिङ कलेज (नेक) द्वारा संयुक्त रूपमा आयोजित हुँदैछ। सम्मेलनलाई आइट्रिपलई नेपाल च्याप्टर तथा आइट्रिपलई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरले प्राविधिक प्रायोजन गरेका छन्।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...