CG Electronics
IME Life
NIMB

बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् ।

बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नुहने बताएका हुन् ।

उनले भने, ‘चुनाव भन्ने भन्दापनि गर्नेे कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ ? त्यसको लागि वातावरण त बनाउनुपर्यो नि । चुनावको वातावरण बनाउँदा यो सच्चाईलाई याद गर्नुपर्यो कि हामी बहुदलीय व्यवस्थामा छौं यसका पिल्लर राजनीतिक पार्टी हुन् । पार्टीलाई किनारमा राखेर नेतालाई अपमान गरेर, कर्नर पारेर, स्थानहद तोकेर र दलहरुलाई नियन्त्रण गरेर बहुदलिय व्यवस्थामा चुनाव हुन सक्दैन ।’

त्यस्तै, उनले सरकारले चुनावको वातावरणको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी तयारी गर्नुपर्नेमा जोड दिए ।

‘शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्यो । अपराधिहरु खुलेआम सडकमा हिडिराखेको छन्, उनीहरुलाई नियन्त्रणमा लिनुपर्यो । खोसिएका हतियारहरु राज्यको नियन्त्रणमा लिनुपर्यो । मतदाताहरुले आफ्नो मन पर्ने दललाई निर्धक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्यो ।’ उनले भने,

उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरे । मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी नै भएको उनको दावी छ ।
राजनीतिक र मौलिक अधिकारको पक्षमा एमाले रहेको भन्दै उनले जबसम्म सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न हुँदैन तबसम्म मौलिक अधिकारले मात्र अगाडि बढ्न नसकिने बताए ।

 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...