CG Electronics
IME Life
Ncell NPL

दिपल एस–०५ युरो एनक्याप २०२५ मा ५–स्टार रेटिङसहित नेपालमा उपलब्ध सुरक्षित र प्रविधिमैत्री इभीको रूपमा स्थापित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ। दिपलको प्रिमियम एसयुभी दिपल एस–०५ ले सन् २०२५ का लागि गरिएको युरो एनक्याप (Euro NCAP) सुरक्षा परीक्षणमा सर्वोत्कृष्ट ५-स्टार रेटिङ प्राप्त गरेको छ। यस उपलब्धिले विश्वस्तरीय सुरक्षा, उत्कृष्ट इन्जिनियरिङ र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।

स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस–०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ। एडल्ट प्यासेन्जर सुरक्षामा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत तथा सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत स्कोर प्राप्त गरेको हो। यी नतिजाले कडा र नवीनतम युरो एनक्याप मापदण्ड अन्तर्गत दिपल एस–०५ लाई उत्कृष्ट एसयुभीको रूपमा स्थापित गरेको छ।

 

युरो एनक्याप रेटिङले दिपल एस–०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट सिस्टम तथा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिलाई प्रमाणित गरेको कम्पनीले जनाएको छ। नेपालमा सार्वजनिक भएदेखि नै लक्जरी, स्टाइल र अत्याधुनिक प्रविधिका कारण यस एसयुभीले उपभोक्तामाझ लोकप्रियता हासिल गर्दै आएको छ। नाडा अटो शो २०२५ मा समेत यो ‘शो–स्टपर’ का रूपमा चर्चामा आएको थियो।

दिपल एस–०५ मा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयूडी, १४ स्पिकरयुक्त आउटडोर स्पिकर सिस्टम, इन्टरनेट कनेक्टिभिटी, क्विन को–पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता अत्याधुनिक फिचर समावेश छन्।

यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री हालसम्मकै सुरक्षित, छिटो चार्ज हुने र लामो आयु भएको इभी ब्याट्रीका रूपमा चिनिन्छ, जसले ५ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्ने क्षमता राख्छ।

५-स्टार युरो एनक्याप रेटिङले विश्वस्तरीय परीक्षण पार गर्दै प्रविधिमैत्री, सुरक्षित र प्रिमियम इलेक्ट्रिक सवारीसाधन उपलब्ध गराउने दिपलको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...