CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले वृद्धि, खुद नाफा १ अर्ब नाघ्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ।

गत आवको पुस मसान्तसम्म ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवमा २५.२५ प्रतिशतको वृद्धिसँगै १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

बैंकको खुद ब्याज आम्दानी पनि गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ रहेकोमा चालू आवमा ४.१६ प्रतिशतले वृद्धि भई २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ९९ लाख ४१ हजार रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ६९ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा भने १ अर्ब ६२ करोड २७ लाख ९७ हजार रुपैयाँबाट घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा झरेको छ।

यद्यपि बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ कायम रहेको छ।

चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, जगेडा कोषमा ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...