CG Electronics
IME Life
Ncell NPL

प्रिमियरका केटाहरूद्वारा निस्सा फुटबल र यू–१९ जेभियर बास्केटबलमा ऐतिहासिक जित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रिमियरका केटाहरू निस्सा फुटबल र यू–१९ जेभियर बास्केटबल प्रतियोगिताका विजेता बनेका छन्।

प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलका केटाहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन्। फुटबल टोलीले नेपाल अन्तरविद्यालय खेलकुद सङ्घ (निस्सा) लिग फुटबल २०२६ जित्यो भने बास्केटबल टोली १२औँ जेभियर अन्तर्राष्ट्रिय यू–१९ बास्केटबल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।

फुटबलतर्फ, प्रिमियरले सेमिफाइनलमा द ब्रिटिस स्कुललाई २–० ले हरायो। फाइनलमा जेम्ससँग १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ ले जित निकाल्दै प्रिमियरले उपाधि जित्यो। गोलकिपर रेजिश न्यौपाने (आईबीडीपी २) प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

फुटबल टोलीमा श्यामिर श्रेष्ठ (कप्तान, आईबीडीपी २), रेजिश न्यौपाने (आईबीडीपी २), श्याम श्रेष्ठ (आईबीडीपी २); निर्विक थापा, प्रवेश तामाङ, दृश्य रत्न शाक्य, निशाद सिटौला, इशान गौचन र रिशित मैनाली (सबै एनईबी १२); तेन्जिङ दावो लामा र आर्यक कार्की (आईबीडीपी १); ओलिभर कार्की, आरजल अधिकारी र आरुष कार्की (एनईबी ११); संकल्प पोखरेल (कक्षा १०); अभिम रोका मगर र नोआ राय (एमवाइपी ४); तथा अर्जु टी. राजभण्डारी (एमवाइपी ३) रहेका थिए। टोलीका प्रशिक्षकहरू सुरज महर्जन, सञ्जय श्रेष्ठ र सुगत श्रेष्ठ थिए।

बास्केटबलतर्फ, प्रिमियर टोली प्रतियोगिताभर अपराजित रह्यो। लिग चरणमा गोल्डेन गेट कलेज (४६–४४), दिव्य कलेज (७०–२१) र जेभियर ‘बी’ (९१–१८) लाई हरायो। त्यसपछि क्वार्टरफाइनलमा टाइम्स कलेज (५३–११), सेमिफाइनलमा जेभियर (७३–६१) र फाइनलमा बंगलादेशको बीकेएसपी (६७–४३) लाई पराजित गर्दै उपाधि जित्यो।

बास्केटबल टोलीमा दावा टी. लामा तामाङ, प्रणय मान श्रेष्ठ, प्रथम श्रेष्ठ, ज्योत्सन जोशी र आदम्य महर्जन (सबै एनईबी १२); आश्विन चालिसे र सुप्रिम महर्जन (आईबीडीपी १); सयुग्य महत (एनईबी ११); तथा काइ योशी प्रजापति (कक्षा ९) रहेका थिए। टोलीका प्रशिक्षक सधिश प्रधान थिए, जो नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान पनि हुन्।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...