लक्ष्मी ग्रुपद्वारा डब्लुएडीए अटो शो २०२६ मा आकर्षक अफर सार्वजनिक
Friday Mar 27, 2026
वि.सं.२०८२ चैत १३ शुक्रवार ०७:४९
पोखरा । नेपालका लागि लक्ष्मी ग्रुप ले पोखरामा जारी डब्लुएडीए अटो शो २०२६ मा विभिन्न ब्रान्डका गाडीहरूमा विशेष अफर सार्वजनिक गरेको छ ।
चैत ११ देखि चैत १५ सम्म लेकसाइडस्थित तालबाराही चोकमा आयोजना भइरहेको उक्त प्रदर्शनीमा कम्पनीले नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष सुविधा ल्याएको जनाएको छ ।
अफरअन्तर्गत फोर्थिङ फ्राइडे मा ७ लाख रुपैयाँसम्मको लाभ प्रदान गरिएको छ । ६४.४ kWh ब्याट्री क्षमतासहितको यो इलेक्ट्रिक एसयूभीले करिब ४०० किलोमिटर (WLTP अनुसार) रेञ्ज दिने बताइएको छ । साथै, १८५ मिमी ग्राउन्ड क्लियरेन्स र आधुनिक डिजाइन तथा प्रविधिका कारण यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी, कम्पनीले ह्युन्डाई र काइयी का विभिन्न मोडेलहरूमा पनि आकर्षक अफर उपलब्ध गराएको जनाएको छ ।
लक्ष्मी ग्रुपले पोखराबासीलाई अटो शोमा सहभागी भई नयाँ प्रविधियुक्त तथा वातावरणमैत्री सवारी साधनहरूको अनुभव लिन आग्रह गरेको छ ।
कम्पनीले नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्य उन्मुख मोबिलिटी समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।




























