CG Electronics
IME Life
Ncell NPL

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन, उपत्यकामा विस्तार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भक्तपुर।नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर)मार्फत सञ्चालनमा आएका हुन्।

आठ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसकेयू) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह प्रस्तुत गरेको छ। दुवै शोरुममा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने, अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन्। यहाँ मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट तथा प्रिमियम पोलिस गरिएको सतहका टायलहरू अवलोकन तथा खरिद गर्न सकिन्छ।

लामिनारको पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव दिन्छ। यस्तो सतह विशेष गरी लक्जरी भिला, होटल तथा बार जस्ता स्थानका लागि उपयुक्त मानिन्छ। यी सतहहरू गहिरो पोलिस स्पष्टतासहित तयार गरिएका छन्, जुन साधारण पोलिस्ड टायलभन्दा प्रिमियम मार्बलमा देखिने गुणस्तरसँग मेल खान्छ।

केही टायलहरूमा पिइआई५ घर्षण प्रतिरोध, मोस ९ (कडा ,नकोरिने) गुण तथा आर१२ (नचिप्लने) सतह जस्ता विशेषताहरू उपलब्ध छन्, जसले ती टायलहरूलाई बढी आवागमन हुने स्थानका लागि उपयुक्त बनाउँछ।
उद्घाटन समारोहमा बोल्दै सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारले प्रयोग गरेको प्रविधि, डिजाइन र गुणस्तरको निरन्तरताका कारण बजारमा बलियो विश्वास स्थापित भएको बताए। उनले नयाँ शोरुमले घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूलाई टिकाउ टायलहरू खरिद गर्ने अवसर प्रदान गर्ने बताए।

त्यसैगरी पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन र पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए। उनका अनुसार ग्राहकहरू अहिले डिजाइन सौन्दर्य र दीर्घकालीन टिकाउपन दुवैलाई संयोजन गर्ने सतहको खोजीमा छन्।

शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले कम्पनीको लक्ष्य नेपालमै उत्पादन हुने तर अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने उन्नत प्रविधियुक्त सतहहरू उपलब्ध गराउनु रहेको बताए। बर्दियास्थित उच्च क्षमतायुक्त कारखानामा इटालीको ग्लेज तथा स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन हुने लामिनारले नेपालको टायल उद्योगको बढ्दो क्षमतालाई प्रतिबिम्बित गरेको उनले बताए।

शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति अझ मजबुत बनाउँदै लगेको छ। नेपालमै उत्पादन गरिएका विश्वस्तरीय गुणस्तरका भिट्रिफाइड टायलहरू विभिन्न सतह आवश्यकताका लागि बजारमा उपलब्ध छन्।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...