CG Electronics
IME Life
Ncell NPL

मालपोत र नापी कार्यालयमा बिचौलियामाथि कडाइ, परिचयपत्र बिना प्रवेश निषेध

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र प्रवेश गरी महत्त्वपूर्ण कागजात तथा स्रेस्तामा पहुँच बनाइरहेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। अबदेखि अनधिकृत व्यक्तिलाई कार्यालयभित्र प्रवेश गर्न नदिने र सरकारी अभिलेखमा पहुँचसमेत रोक लगाइनेछ ।

निर्देशनमा कार्यालयभित्रको भिडभाड नियन्त्रण गर्न, कागजातको सुरक्षा सुनिश्चित गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन यस्तो व्यवस्था लागू गरिएको उल्लेख छ। साथै, नियम कार्यान्वयन नभएमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने चेतावनीसमेत दिइएको छ।

मन्त्रालयले कर्मचारीलाई अनिवार्य रूपमा परिचयपत्र लगाउन, सेवाग्राहीलाई परिचय खुल्ने कागजातका आधारमा मात्र प्रवेश दिन र कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

यो व्यवस्था लागू भएपछि सेवाग्राहीले आफ्नो निवेदन र आवश्यक कागजात प्रस्तुत गरेर बिचौलियाविनै सहज रूपमा सेवा प्राप्त गर्न सक्ने विश्वास मन्त्रालयले लिएको छ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...