CG Electronics
IME Life
Ncell NPL

भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, चैत्र १८, २०८२ – भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ ।

भिभो भि७०को मुख्य आकर्षण भिभो र जाईसबीचको सहकार्यको नयाँ अध्याय रहने देखिन्छ । यसमा ५० मेगापिक्सेलको जाईस सुपर टेलिफोटो क्यामरा हुने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटीकता प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’ को व्यवस्था गरिएको छ, जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबी छ ।

यसैगरी, भिभो भि७० मा द्धप्टण् ँएक् भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ, जसले भी सिरिजमै पहिलो पटक प्रोफेशनल सिनेमाटिक अनुभव ल्याउनेछ । यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुतिदेखि द्रुत एक्सन दृश्यहरूसम्मको भिडियो सहज गति र सिनेमाटिक विवरणका साथ कैद गर्न सकिने अपेक्षा गरिएको छ ।

डिजाइनको हकमा पनि भिभो भि७० ले नयाँ उचाइ लिने देखिन्छ । यसमा ‘एयरोस्पेस–ग्रेड एल्युमिनियम अलोय फ्रेम’ प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहज प्रयोगबीच सन्तुलन कायम गर्ने कम्पनीको भनाइ छ ।

भि७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने आफ्नो दृष्टिकोणलाई निरन्तरता दिएको छ। तर, यो अहिले केवल पहिलो झलक मात्र हो। अधिकांश विवरणहरु अझै गोप्य राखिएको छ । भिभो भि७० का पूर्ण विशेषताहरू, मूल्य, र आकर्षक अफरहरू आगामी ७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक गरिनेछन्।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...