CG Electronics
IME Life
Ncell NPL

दिमाग घोच्ने मान्छे” DGO मा सार्वजनिक, आम्दानी उज्वल थापा फाउन्डेसन लाई सहयोग

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक उज्वल थापा को जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब DGO (डी गो) OTT प्लेटफर्ममार्फत आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।

निर्माण पक्षका अनुसार, वृत्तचित्रबाट संकलित आम्दानीको मुख्य अंश उज्वल थापा फाउन्डेसन लाई प्रदान गरिनेछ। यस पहलले उज्वल थापाले अघि सारेका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त वृत्तचित्रले उज्वल थापाको बाल्यकालदेखि अमेरिकामा प्राप्त शिक्षा र त्यसपछि नेपाल फर्किएर उद्यमशीलता तथा सामाजिक परिवर्तनका लागि उनले गरेको संघर्षलाई समेटेको छ। दुर्लभ भिडियो सामग्री तथा उनका सहकर्मी, साथीहरू र आलोचकहरूको अनुभवमार्फत तयार पारिएको चलचित्रले एक जिम्मेवार र प्रश्न गर्ने नागरिकको चित्र प्रस्तुत गर्दछ।

निर्माताहरूका अनुसार, “दिमाग घोच्ने मान्छे” केवल एक व्यक्तिको जीवनी नभई नयाँ पुस्तालाई सोच्न, प्रश्न गर्न र जिम्मेवारी लिन प्रेरित गर्ने प्रयास हो।

वृत्तचित्र हेर्नका लागि दर्शकहरूले DGO एप प्रयोग गर्न सक्नेछन्। नेपालमा यसको शुल्क रु. १९९ तोकिएको छ भने अमेरिका र अष्ट्रेलियामा ४.९९ अमेरिकी डलर र अन्य देशहरूमा २.९९ डलर शुल्क निर्धारण गरिएको छ।

उज्वल थापा फाउन्डेसन ले युवा नेतृत्व विकास, वैकल्पिक राजनीति तथा नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ।

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखी ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो...

वि.सं.२०८३ वैशाख १३ आइतवार १४:०३

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै...

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:३४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट...

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा दिन होटल व्यवसायी महासंघ तयार

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:२५

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले सामाजिक...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...