CG Electronics
IME Life
Ncell NPL

एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक, ४१ प्रतिशतसम्म छुट र आकर्षक उपहार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। LG Electronics ले नयाँ वर्षको अवसरमा CG Electronics सँगको सहकार्यमा “डिजाइन योर ड्रीम होम” नामक विशेष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरेलु उपकरणहरूमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक नगद फिर्ता (क्यासब्याक) अफर प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ वर्षसँगै नयाँ लक्ष्य र योजना बनाइरहेका ग्राहकहरूलाई स्मार्ट, आधुनिक र सहज जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो। यस अभियानमार्फत एलजीका उन्नत प्रविधियुक्त तथा आकर्षक डिजाइन भएका उत्पादनहरूलाई प्राथमिकतामा राखिएको छ।

अभियानअन्तर्गत टेलिभिजन, अडियो प्रणाली, भ्याकुम क्लिनर तथा ३०८ लिटरसम्मका फ्रिजमा ४१ प्रतिशतसम्म नगद फिर्ता उपलब्ध गराइएको छ। त्यस्तै, फ्रन्ट लोड धुने मेसिनमा ६ केजी Ariel Matic डिटर्जेन्ट, टप लोडमा २ केजी र ट्विन टबमा १ केजी डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ। भाँडा धुने मेसिन खरिदमा धुने ट्याब्लेट, ठूला फ्रिजमा मिक्सर तथा माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार स्वरूप दिइने व्यवस्था गरिएको छ। एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा समेत समावेश गरिएको छ।

यसैगरी, ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरमा तुरुन्तै किस्ताबन्दी (ईएमआई) सुविधा पनि उपलब्ध गराइएको छ, जसका लागि केवल नागरिकता भए पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

CG Electronics का एक प्रवक्ताका अनुसार, अभियानको उद्देश्य ग्राहकहरूलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई स्मार्ट र प्रभावकारी बनाउने अवसर प्रदान गर्नुका साथै खरिद प्रक्रियालाई सहज र लाभदायी बनाउनु हो।

यो अफर सीमित अवधिका लागि नेपालभर रहेका एलजीका आधिकारिक सोरुम तथा खुद्रा पसलहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूलाई नजिकको सोरुममार्फत यस अवसरको लाभ लिन कम्पनीले आग्रह गरेको छ।

LG Electronics विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण निर्माता कम्पनी हो, जसले नवीन प्रविधि र प्रयोगकर्ता केन्द्रित डिजाइनमार्फत दैनिक जीवनलाई सहज बनाउँदै आएको छ। नेपालमा यसको आधिकारिक वितरक CG Electronics ले देशभर बिक्री तथा सेवा प्रदान गर्दै आएको छ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...