CG Electronics
IME Life
NIMB

“Experience Life with CG”: सिजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर “Experience Life with CG” नामक विशेष अभियान सार्वजनिक गरेको छ। आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम रु. ५६,००० सम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ। यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल (Ariel) डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट (Cooking Kit) र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान (Free Installation) को आकर्षक सुविधा समेत प्रदान गरिएको छ।

ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ (CG Elex EMI) सुविधा पनि समावेश गरिएको छ। यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ।

नेपाली बजारमा निरन्तर विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी ब्रान्डको यस नयाँ वर्ष अभियानले ग्राहकको दैनिक जीवनमा थप सुविधा, मूल्य र सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सिजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

कम्पनीले जनाए अनुसार यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। यस योजना र उत्पादनहरूबारे थप जानकारीका लागि सिजी केयर (CG Care) को टोल फ्री नम्बरहरू १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...